सानिमा 3 in 1 खातामा सि-आस्वा तथा मेरो सेयर सुबिधा थप

काठमाडौं ।  सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियमा थप सहजता र सरलता प्रदान गर्न 3 in 1 खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता,  Demat खाता र Trading खाताका साथै C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो सेयरको आवेदन पनि दिन सकिनेछ । साथै, 3 in 1 Portal sf] Dashboard बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA तथा मेरो सेयरको सुबिधा लिन सकिने छ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट 3 in 1 account मा click  गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।

आइपीओ सेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सानिमा 3 in 1खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको छ ।सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

You might also like

Comments are closed.