सानिमा बैंकद्वारा पोखराका ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं ।  सानिमा बैंकले यस बर्ष पोखराका ६ जनालाई गरिब तथा जेहेन्दार उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गरेको छ ।

सानिमा बैंकले विगत १० वर्षदेखि काठमाडौं उपत्यकाबाहिर रहेका प्रत्येक शाखाहरुबाट ११ र १२ कक्षाका २-२ जना विद्यार्थीहरुका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

बैंकले गत वर्ष काठमाडौं उपत्यका बाहिरका हरेक शाखाहरुबाट ४ जना विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार नगदवृत्ति प्रदान गरेको थियो ।सोही छात्रवृत्तिलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका सानिमा बैंकको शाखा रहेका स्थानीय निकायका स्थायी बासिन्दाहरु मध्येबाट २०७८ सालमा सञ्चालित एस.ई.ई. परिक्षामा न्युनतम ‘सी’ ग्रेड प्राप्त गरी उत्तीर्ण गर्ने गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु मध्येबाट आवेदन दिन सूचना प्रकाशित गरिएको थियो ।

jutta mela

विगतका वर्षहरु जस्तै यस वर्ष पनि सानिमा बैंकले कास्की जिल्लामा रहेका पोखरा न्यूरोड शाखा, अमरसिंह शाखा र बगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत प्रति शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेकोमा आवेदक विद्यार्थीहरु मध्येबाट सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट प्रक्रिया अन्तर्गत पर्न आएका ४७ निवेदकहरु मध्ये अन्तिम छनौटमा परेका २२ जना विद्यार्थीहरुको शैक्षिक छात्रवृत्ति छनौटका लागि कास्की जिल्ला स्थित विभिन्न निकायका लब्धप्रतिष्ठीत व्यक्तिहरु संमेलित छनौट समितिद्वारा निम्न ६ आवेदकहरुलाई समितिको सर्वसम्मत निर्णयबाट छनौट गरिएको थियो ।

उक्त कार्यक्रमको संयोजन कास्की जिल्लामा रहेका शाखाहरुको शाखा प्रवन्धकहरुले गरेका थिए भने र छात्रवृत्तिको बारेमा बैकका गण्डकी प्रदेश प्रमुख  बिष्णु लाल श्रेष्ठले प्रकाश पारेका छन् ।

१. अस्मिता बिसुन्के, रानीपौवा, पोखरा- ११, कास्की ।
२. स्वेता पौडेल, भलाम, पोखरा-२०, कास्की ।
३. सागर पौडैल, अन्नपुर्ण गा.पा, कास्की ।
४. सुस्मिता बराल, मादी-०६, कास्की ।
५. सोनि परियार, पोखरा १४, कास्की ।
६. सलिना गुरुङ्ग, पोखरा १२, कास्की ।

बैकल्पिक छनौटमा परेका विद्यार्थीहरु
१. कोमल गिरी, पोखरा-०१, बगर, कास्की ।
२. बिमला तामाङ्ग, पोखरा- १४, कास्की
३. यशोदा भुजेल, पोखरा- २८, कास्की ।

You might also like

Comments are closed.