सानिमा बैंक र युएसएआइडी ट्रेड एण्ड कम्पिटिटिभनेस एक्टीभिटीबीच सहमति

काठमाडौं । सानिमा बैंक लिमिटेड र USAID Trade and Competitiveness Activity बीच सहमति भएको छ । विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दीगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको हो ।

यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरुमार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।

पाँच वर्ष अवधिको कार्यक्रम ‘USAID Trade and Competitiveness Activity’ ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यात उन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको छ ।

यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ ।

सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दीगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने बताए । सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

You might also like

Comments are closed.