काठमाडौं । सानिमा बैंकले यही चैत ६देखि १२गतेसम्म ग्लोबल मनी वीक २०२३ अभियान अन्तर्गत देशै भरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।
वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएकाे थियाे । साथै, ग्लोबल मनी वीक २०२३ को “Plan Your Money, Plant Your Future” सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरियो ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ ए.टि.एम सञ्जालहरु संचालनमा छन् ।
Comments are closed.