काठमाडौं । सानिमा बैंक लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२० को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
गत असोज ३ गते बसेको बैंकको सञ्चालक समिति बैठकले आफ्ना लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने जनाइएको छ ।
Comments are closed.