सानिमा बैंकको ३ लाख बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले सर्वसाधरणले खरिद गर्न पाउनेगरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको छ ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.