सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला

काठमाडौं ।  सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ ।

बैंकले विगत लामो समयदेखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ ।

jutta mela

उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति रु २ हजार(प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई रु.५० हजार सम्मको छात्रवृत्ति प्रदान गरिनेछ ।छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिनेछ ।

यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइटमा उपलब्ध छ ।सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

You might also like

Comments are closed.