युवाहरू आर्थिकरुपमा आत्मनिर्भर हुन आवश्यक : सन्जोग कोइराला

काठमाडौं । हल्ट प्राइज नोबेल कलेजले आर्थिक निर्भरताको बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

युवा उद्यमी एवं प्रशिक्षक सन्जोग कोइरालाले युवा विद्यार्थीहरुलाई कसरी आर्थिक व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा आफ्नो महत्वपूर्ण भनाईहरु ब्यक्त गरेका थिए ।

युवा विद्यार्थीलाई युवा उद्यमी बनाउने हल्ट प्राइजको प्रसंशा गर्दै उनले बचतको महत्व, आकस्मिक कोषको व्यवस्थापन र बैंकिङको आवश्यकताको बारेमा पनि प्रष्ट पारेका थिए ।

jutta mela

आफ्नो उद्यमशीलताको उदाहरण दिदैं लगनशीलता र आर्थिक कोषको व्यवस्थापनले युवा आवस्थामा धेरै नै फड्को मार्न सक्ने पनि उनले बताए । हल्ट प्राइज नोबेल कलेजका पुर्व क्याम्पस निर्देशक आयुष बुढाथोकीले आगन्तुक सम्पूर्ण बिद्यार्थी एवं उपस्थित ब्यक्तित्वलाई स्वागत एवं कार्यक्रमको औच्यित्य बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रशिक्षक कोइरालालाई धन्यवाद ज्ञापन र मायाको चिनो हल्ट प्राइज नोबेल कलेजको तर्फबाट क्याम्पस निर्देशक स्वस्तिका बज्रचार्यले दिएकी थिईन । कार्यक्रममा अन्तरक्रियामा मात्र नभई बिभिन्न व्यवसायिक फर्महरूले स्टल पनि राखेका थिए ।

व्यापार प्रवर्द्धन र फर्महरुको बारेमा जानकारी दिने हेतुले माकुसे, शगून, नबिल बैंक, युका नेपाल र चिया नोटबुक्सले कार्यक्रम भइरहेको नोबेल कलेज परिसरमा स्टलहरु राखेका थिए । कार्यक्रममा करिब १२० जनाको सहभागिता थियो भने कार्यक्रम संचालन अंकित पोखरेलले गरेका थिए ।

You might also like

Comments are closed.