काठमाडौं । नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता समारोह काठमाडौंस्थित होटल स्टेरियटमा सम्पन्न भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्ना जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ । यस क्ष्एइ मार्फत सङ्कलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र Aluminium Furnance Plant स्थापना गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अध्यक्ष भुसालले भने, “यो सम्झौता नेपालको विद्युत पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि हो । हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं ।”
त्यसैगरी, सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले भने, “सारथी केवलसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।”
नेपालमा करिब ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor जस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ ।
१८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
Comments are closed.