सारथी विद्युतीय स्कुटरको नयाँ शाखा ललितपुरको सातदोबाटोमा सञ्चालनमा

काठमाडौं । वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको विद्युतीय सवारी बजारमा क्रियाशील कम्पनी ‘जिरो इमिसन राइड (एन) ले ललितपुरको सातदोबाटोमा नयाँ शाखा (शोरुम) सञ्चालनमा ल्याएको छ ।

बुधबार विशेष समारोहकाबीच प्रमुख अतिथि स्थानीय समाजसेवी मथुरा घिमिरेले रिबन काटेर शोरुम उद्घाटन गरेका हुन् । प्रमुख अतिथि घिमिरेले वातावरण अनुकुल सवारीसाधन हुँदाहुँदै पनि हाम्रै मुलुकमा उत्पादन हुने विद्युतको प्रयोग हुने भएकाले वैदेशिक मुद्रा सँचितिमा उल्लेख्य भुमिका खेल्ने यस्ता सवारीसाधनको प्रवद्र्धनको लागि सबैको पहल आवश्यक रहेको बताए ।

कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समयदेखि अटोमोवाइल क्षेत्रमै व्यवसाय गदै आइरहेकाले बिक्रीपछिको सेवामा उत्कृष्ट काम गर्ने कम्पनीको रुपमा चिनिन पाउँदा गर्व लागेको बताए । निर्देशक नगरकोटीले आगामी दिनमा सारथी ब्राण्ड मार्फत सबै स्कुटरहरु नेपालमै एसेम्बल गरिने प्रक्रिया अघि बढेको जानकारी दिए ।

कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्राण्डका विद्युतीय स्कुटरहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ ।

जिरो इमिसन राइड (एन) का सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माले नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढ्दै जानुको मुख्य कारण वातावरणीय सन्तुलन, इन्धनको बढ्दो खर्च र मर्मत लागतमा हुने बचत रहेको जनाए । उनका अनुसार यसले विद्युतीय स्कुटरलाई अबको यात्राको सबैभन्दा व्यावहारिक विकल्प बनाएको छ ।

कम्पनीले राजधानीका तीनवटै जिल्लामा आफ्ना शाखा र डिलर नेटवर्क विस्तार गर्दै आएको छ भने देशभरका प्रमुख शहरहरूमा पनि बिक्रीपछिका सेवा उपलब्ध गराइरहेको छ । सातदोबाटो शाखाबाट ग्राहकले लुयान र इकुटर ब्राण्डका स्कुटरको प्रत्यक्ष अवलोकन, टेस्ट राइड र खरिद गर्न सक्नेछन् ।

शोरुममा स्कुटर खरिद गर्दा कम्पनीले सञ्चालन गरिरहेका हरेक अफर र स्किमहरूको सुविधा पनि उपलब्ध हुनेछ । साथै ग्राहकले पूराना बाइक वा स्कुटर साटेर नयाँ लुयान स्कुटर लैजान सक्ने र फाइनान्स सुविधा पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.