काठमाडौं । सारथी लॉजिस्टिक्स प्रालिले विराटनगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटनका अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गरेको छ ।
जसमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा, त्रिशुलीमा बुकिङ सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।
सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले ग्राहकलाई भरपर्दो र प्रविधिमैत्री सेवा उपलब्ध गराउने हाम्रो मिशन अनुसार विराटनगरमा नयाँ शाखा विस्तार गरेको जानकारी दिए । मुलुकका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै जाने योजना रहेको उनी बताउँछन् ।
Comments are closed.