सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा साधारणसभा भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९÷८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आफ्नो चुक्ता पँुजीको १५ प्रतिशत (कर सहित) नगद लाभाँस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ जना संचालकहरुमा विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टीकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र संचालकमा एक जनामा नेहा अग्रवाल मनोनित भएकी छन् ।

jutta mela

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी.ले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराए ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३ हजार मेट्रिक टन प्रति दिन उत्पादन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३ हजार मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले हो । कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्री वितरण गरिरहेको छ । भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वि क्षेत्रमा बजार विस्तारको लागि आप्mनो शत प्रतिशत लगानी रहेको सहायक कम्पनी मार्पmत झापा भद्रपुरमा रहेको ३ सय टनप्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ ।

You might also like

Comments are closed.