राजदूत डा. ढकाल र यूएनडब्लूटीओ महासचिव जुराबबीच भेटवार्ता

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत डा.शर्मिला पराजुली ढकाल र संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) महासचिव जुराब पोलोलिकासभिलीबीच भेटवार्ता भएको छ ।

बिहीबार भएको उक्त भेटवार्ता यूएनडब्लूटीओको मुख्यालयमा महासचिव जुराबसमक्ष ढकालले ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।

भेटवार्तामा उनले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेकी हुन् ।

भेटमा महासचिव पोलोलिकासभिलीले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन दिनुको साथै नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

 

You might also like

Comments are closed.