काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको शल्यक्रिया सफल भएको छ । नाक भित्रको समस्याले उनी हेम्स हस्पिटलमा भर्ना भएका थिए ।
डाक्टरको सुझाव अनुसार शल्यक्रिया गरिएको र शल्यक्रिया सफल भएको परिवारिक स्रोतले जनाएको छ । डा. प्रकाश काफ्ले र डा. मुरारी उप्रेतीलगायतको टिमले उनको शल्यक्रिया गरेको हो ।
स्वास्थ्यप्रति चासो दिने सम्पूर्णप्रति महासचिव सिटौलाले आभार व्यक्त गरेका छन् । केही दिन आराम गरेपछि पुनः महासंघको काममा सक्रिय हुने उनले बताए ।
Comments are closed.