बालेन परिवारको समर्थन काठमाडौँ ५(१)का स्वतन्त्र उम्मेदवार सस्मित पोखरेललाई

 

काठामाडाै । २६ वर्षीय युवा सस्मित पोखरेलले काठमाडौँ ५(१) बाट बागमती प्रदेश सभाका लागि “लालटिन” चुनाव चिन्ह लिई उम्मेदवारी दिएका छन् । पोखरेलले गत स्थानीय चुनावमा काठमाडाैं  महानगरपालीकाका मेयर  बालेन शाहाका लागि सक्रिय रूपमा क्याम्पेन गरेका थिए। र, अहिले प्रदेश सभा निर्वाचनमा बालेनले पोखरेललाई अप्रत्यक्ष रूपमा समर्थन गरेको देखिएको छ।

jutta mela

बालेनकी श्रीमती सबिना काफ्लेले फेसबुकमा पोखरेलको भिडियोलाई सेयर गर्दै “#VoteForLaltin मा नयाँ सांसद होइन, नयाँ प्रकारको सांसद बन्न चाहन्छु, भने   Sasmit Pokharel लाई मैले पनि एउटा आशाको रूपमा लिएको छु । उहाँको सक्षमता र प्रतिबद्धतालाई एउटा मौका अवश्य दिनु पर्छ । लेखेकी छिन्।

बालेन काठमाडौँको मेयर भएकाले उनले आफैले समर्थन गर्न आचार संहिताले रोक्ने हुनाले यस्तो समर्थन देखिएको हुन सक्छ । यसले पोखरेललाई बालेनको समर्थन भएको सङ्केत गर्दछ। पोखरेल वालेन संग प्रभाभित एक जुझारु युवानेता हुन् जो बिगत २_३ बर्ष देखि बालेनको सम्पर्क र उनको चुनावी अभियानमा संलग्न थिए । प्राप्त जानकारी अनुसार हालसम्म यस बागमती प्रदेश ५(१) क०मा पोखरेल बाहेक अन्य कोहि उमेदवारलाई यस किसिमको समर्थन आएको छैन ।

You might also like

Comments are closed.