सस्मित पोख्रेलद्वारा काठमाडौं ५ (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं । सामजिक अभियन्ता सस्मित पोख्रेलले काठमाडौं ५ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्तापछि पोख्रेलले समाज रूपान्तरणको लक्ष्य लिएर आफ्नो राजनीतिक यात्रा सुसंस्कृत राजनीति, सुशासन र समतामूलक समृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै वैकल्पिक राजनीतिको परिवेशमा बिताएको र अहिले वाग्मती प्रदेशको सांसद् बन्न तयार भएको महसुस भएसँगै मनोनयन दर्ता गरेको बताएका छन् ।

पोख्रेल ले डा. गोविन्द केसीका चिकित्सा शिक्षा सुधारका अभियानहरू, सुशीला कार्कीको महाअभियोग विरुद्धको अभियान, महिला हिंसा विरुद्धको ‘अझै कति सहनेु अभियान लगायत अरु विभिन्न अभियानहरूमा अग्रपंङ्तिमा नेतृत्वको भूमिका निर्वाह गरेका छन्।

”राजनीति र कानुन दुई अन्योन्याश्रित विषयहरू हुन् जसको सेरोफेरोमा विगतका मेरा केही वर्ष बिते र आज जुन कारणले म उम्मेदवारी दिने निर्णयमा पुगेको छु। म ८ वर्षदेखि वैकल्पिक राजनीतिक यात्रामा छु भने विगत ५ वर्षदेखि कानुन अध्ययन गर्दै आएको छु।समाज रूपान्तरणको लक्ष्य लिएर मैले मेरो राजनीतिक यात्रा सुसंस्कृत राजनीति, सुशासन र समतामूलक संवृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै वैकल्पिक राजनीतिको परिवेशमा बिताएँ । मैले कानुनी पृष्ठभूमिको नाताबाट मलाई नीति तथा कानुन निर्माणमा विशेष रुचि रहेको छ। मैले विगत ५ वर्षदेखि प्रदेश सांसद सचिवालयमा नीति तथा कानुन विभागको अध्यक्षता गरेको छु । र अब, नयाँ अध्यायमा, म यो अभ्यासलाई सांसदको रूपमा जारी राख्न चाहन्छु।”

पोख्रेलका मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सार्वजनिक यातायात निमित्त चाहिने नीति हुन् भने प्रादेशिक विश्वविद्यालय निर्माण एवं प्रारम्भ, सम्पदा एवं संस्कृति संरक्षण, पर्यावरण संरक्षण, रुद्रमति पुनर्जागरण जस्ता विषय वास्तविक मुद्दा हुन्।

उनले मुख्य लक्ष्य सुशासन, समव्रिद्धि र विधिको शासन रहेको बताए।

You might also like
Ram Tulasi Palpa

Comments are closed.