काठमाडौं । अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालकै ठुलो रिटेल चेन स्टोर साथीमार्टले निशेधाज्ञाको समयमा ‘महामारिमा हाम्रो साथ’ कार्यक्रम सन्चालन गरेको छ।
‘महामारीमा हाम्रो साथ’ कार्यक्रम अन्तर्गत ललितपुरको लुबुमा २२ बिपन्न घर/परिवारलाई खाधान्न प्याकेज प्रदान गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए । ‘भोकलाई भजन’ अभियानसँग सहकार्य गरि सहयोग वितरण गरिएको बताइएको छ।
खाद्यान्न प्याकेजमा दाल, चामल, तेल, नुन, पिठो, चियापत्ती आवस्यक परिवारहरु सामाजिक उतरदाइत्व अनुरुप बितरण गर्दै आएको पोख्रेलले बताए ।यस अघि साथीमार्टले सुन्सरीको दुबहीमा मिडियाकर्मी र प्रहरीलाई मास्क सेनिटाइजर र बिपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको थियो ।
आफ्ना स्थानिय आउटलेट सँगको सहकार्यमा आगामी दिनमा पनि खाद्यान्न सहयोग कार्यक्रमलाई निरन्तरता दिइने पोख्रेलले बताए।









Comments are closed.