साथीमार्टको नयाँ आउटलेट सल्यानको श्रीनगरमा

नेपालकै ठुलो चेन सुपरमार्केट साथीमार्टले सल्यानको श्रीनगरमा नयाँ आउटलेट सुरु गरेको छ । सल्यानका सफल ब्यवसायी युवराज बुढाथोकीले फ्रेन्चाइज लिएर आउटलेट सन्चालनमा ल्याएका हुन् ।

फेसबुकमा साथीमार्टको बारेमा जानकारी पाएपछि जिज्ञासा राखी प्रभावित भएर नंया अवसरको रुपमा साथीमार्टको आउटलेट सुरु गरेको बुढाथोकीले बताए । साथीमार्टको सहज तथा आधुनिक प्रविधि र सहयोगी टिमले गर्दा काम गर्न सहज भएको उनको भनाइ छ । उनी थप्छन् ‘साथीमार्टको बिजनेस कन्सेप्ट देखेर म एक्साइटेड पनि छु । यो नेपालमै बसेर केही गरौं भन्नेलाई राम्रो अवसर पनि हो ।’

आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बडेको छ ।

lcci
You might also like

Comments are closed.