भक्तपुर । पुर्व शैक्षिक परामर्श ब्यवसायी मोनिका राउतले भक्तपुर बालकोटमा सन्चालन गर्न लागेको साथीमार्टको नयाँ आउटलेट फागुन २४ देखि सन्चालनमा आउने भएको छ ।
पेशागत तालिम तथा शैक्षिक परामर्श सँस्थाको मुख्य प्रबन्धक भई कार्यात हुदै गर्दा सुब्यवस्थित ब्यापार सुरु गर्न खोजेको र किराना व्यवसयामा अहिले समयको माग र सुनिश्चत भाबिस्य देखेकोले साथीमार्टको फेन्चाइज लिइ आउटलेट सुरु गर्न लागेको राउतले बताइन् ।
करिब छ सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ ।
साथीमार्टको उत्कृष्ट टेक्नोलोजी संगै टिमको सहयोग सदैव मिल्ने भएकाले मार्टको फ्रेन्चाइज रोजेको राउतको भनाइ छ ।
मार्टको उद्घाटन सुर्यबिनायक नगरपालिकाको उपमेयर जुना बस्नेतले गर्ने बताइएको छ ।
साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
Comments are closed.