पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी सौगात थापा मनोनीत भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष पवन प्रजापतीले थापालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।
थापा पोखराको प्रतिष्ठित व्यावसायिक घराना अंशुभरा ग्रुपका प्रवन्ध निर्देशक हुन् । संघ स्थापनाको ६८ वर्षको इतिहासमा थापा संघको कार्यसमिति सदस्यमा प्रवेश गर्ने सबै भन्दा कान्छा सदस्यसमेत हुन् । २४ वर्षमै संघको कार्यसमिति सदस्य बन्ने अवसर उनले प्राप्त गरेका छन् ।
संघको ३४औं महाधिवेशन भदौ २४ र २५ गते सम्पन्न भएको थियो । महाधिवेशनले प्रजापतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको पदस्थापन आज सोमबार भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला, उपमहासचिवमा शोभा गौतमसहित नयाँ कार्यसमिति चयन भएको हो। सम्पूर्ण कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराएका हुन् ।
Comments are closed.