रोल्पाका तीन सामुदायिक विद्यालयले सञ्चालनमा ल्याए स्कुल बस

काठमाडौं । रोल्पाका तीन सामुदायिक विद्यालयले स्कुल बस सञ्चालन गरेका छन् ।

परिवर्तन गाउँपालिका-५ मौलावोटको नेपाल राष्ट्रिय मावि, रोल्पा नगरपालिका-६ कोटगाउँको नेपाल मावि र सदरमुकाम लिवाङको बालकल्याण माविले स्कुल बस सञ्चालन गरेका हुन् ।

नेपाल मावि कोटगाउँ, बालकल्याण मावि लिवाङले १-१ वटा र नेपाल राष्ट्रिय मावि मौलावोटले २ वटा बस सञ्चालनमा ल्याएका छन् । बस सेवा सुरु गरेपछि विद्यार्थीलाई आवतजावतमा सजिलो हुनुका साथै समय बचत भएको नेपाल राष्ट्रिय मावि मौलावोटका प्रधानाध्यापक गोपाल केसीले बताए। तर बस सञ्चालन खर्च जुटाउन भने कठिन भएको उनको भनाइ छ ।

jutta mela

रोल्पामा ४०७ सामुदायिक र २९ संस्थागत गरी ४३६ विद्यालय छन्, ती विद्यालयमा करिब ८५ हजार विद्यार्थी अध्ययन गर्छन् । नेपाल राष्ट्रिय मावि मौलावोट र बालकल्याण मावि लिवाङ संघीय सरकारले छनोट गरेका नमुना विद्यालय हुन् भने नेपाल मावि कोटगाउँ लुम्बिनी प्रदेशले छनोट गरेको प्रदेश स्तरीय नमुना विद्यालय हो ।

You might also like

Comments are closed.