नेपाल स्काउटको लिडर ट्रेनर तालिम सम्पन्न

काठमाडौं । नेपाल स्काउटले चौथो लिडर ट्रेनर (डिप्लोमा) र आठौँ सहायक लिडर ट्रेनर तालिम कोर्ष (सटिफिकेट) सफतापूर्वक सम्पन्न गरेको छ ।

उक्त तालिम काठमाडौंको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा २९  जुलाई २०२२ देखि ४ अगष्ट २०२२ सम्म सञ्चालन भएको थियो ।

WAGGGS and UNICEF नेपालको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । उक्त तालिममा डिप्लोम प्रशिक्षकमा रुक्मिणी श्रेष्ठ र सर्टिफिकेट प्रशिक्षकमा सुचिता सैंजुले तालिममा सहभागिलाई तालिम दिएका थिए ।

jutta mela

तालिममा लिडर ट्रेनरका लागि १४ जना र सहायक लिडर ट्रेनरका लागि ३४ जना बालिकाहरु सहभागि थिए ।तालिममा

सहभागीलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुुर भण्डारीले सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
उनले कार्यक्रममा सम्वोधन गर्दै प्रशिक्षकहरुलाई कदरपत्र र टोकन अफ लभले सम्मान गरेका थिए ।

You might also like

Comments are closed.