काठमाडौं । नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैं धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३. ३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हालसम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिनु भएका ग्राहकहरुले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन ।
साथै एससिटी-यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकहरुले पनि यो अफर मार्फत १२ सय सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
मात्र १५ सय बराबरको पोस कारोबारमा ५ सय र ३ हजारको कारोबारमा १ हजार क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफर मार्फत सबै एससिटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।अफरको बिस्तृत विवरण एससिटीको आधिकारिक वेबसाईटमा राखिएको छ ।यो अफर असोज महिना भरि लागु हुनेछ ।




Comments are closed.