सेन्ट मेरिज माध्यमिक विद्यालयद्वारा विज्ञान तथा हस्तकला प्रदर्शनी

पोखरा । सेन्ट मेरिज माध्यमिक विद्यालयले विज्ञान तथा हस्तकला प्रदर्शनी गरेको छ । शुक्रबार पोखरा – १५ स्थिति नयाँ गाउँमा अवस्थित सेन्ट मेरिज माध्यामिक विद्यालयका विद्यार्थीहरुका चार वटा हाउसले विज्ञान प्रदर्शनीको मोडल बनाएका छन् ।

जसमा हाउसहरुले अन्टार्टिका, मोडल इकोनोमिक टाउन, हुमन इभोलुशन, मेसोजाइकलगायतका बनाएका थिए । उक्त विज्ञान तथा हस्तकला प्रदर्शनी कार्यक्रमको विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका छन् ।

jutta mela

जसमा रेम्बो एकेडेमिक होम्स्, थ्रि एन्जल्स्, सेन्ट फ्रान्सिसका विद्यार्थीहरुले कार्यक्रमको अवलोकन गरेका हुन् । कार्यक्रममा चार वटै सदनले रंगोलीसमेत बनाएका थिए । जसमा सेभ द गल्स् चाइल्ड, डोन्ट वेस्ट फुड, महिला शिक्षालगायतका आकार दिइएका थिए ।

साथै प्रत्येक कक्षा कक्षामा हरेक विषयको विज्ञान प्रदर्शनी समेत गरिएको छ। सेन्ट मेरिज माध्यमिक विद्यालयका प्रिन्सिपल दिपा सिजेको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा विभिन्न जज् तथा निर्णायकहरुको पनि उपस्थिति रहेको विद्यालयका शिक्षक सुमन अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.