काठमाडौं । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रि एक्स अफर ल्याएको छ । यस थ्रि एक्स अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन् ।
३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ । ३ गुणासम्मको नगद छुट रहेको छ । बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा पुग्नेछ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्राण्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने अवसर रहेको छ । सेरेस स्टलमा अवलोकनकर्ताले सेरेस एसयुभी हेर्न पाउनेछन् ।
आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस ३ नयाँ ईभी हो । आजका चालकका लागि तयार गरिएको सेरेस ३ भविष्यको मोबिलिटीको प्रतिक पनि हो । सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ ।
यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो । यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ ।
नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गर्न सकिनेछ । अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिन कम्पनीको अनुरोध छ ।
Comments are closed.