सेरेसको नेपालभरका शोरुममा ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प शुरु

काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । २६ देखि ३० जनवरी, २०२५ सम्म हुने ‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूममा उपलब्ध हुनेछ ।

काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू रहेका छन् । ५ दिनसम्म हुने कार्यक्रमले ग्राहकलाई विभिन्न विशेष अफर र सुविधाको लाभ प्रदान गर्नुका साथै सेरेस ईभीको अत्याधुनिक प्रविधि र पर्फर्मेन्स प्रत्यक्ष अनुभव गर्ने अवसर मिल्नेछ ।

सेरेसले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरका साथ इलेक्ट्रिक ड्राइभिङमा स्विच गर्ने आकर्षक मौका प्रदान गर्नेछ । लोमान्थाङभन्दा माथि ४६६० मा अवस्थित चुनौतीपूर्ण कोरला पास पुग्ने पहिलो ईभी बन्दै सेरेसले नेपालमा विद्युतीय गतिशीलताको सीमालाई पुनःपरिभाषित गरिसकेको छ ।

यो उल्लेखनिय उपलब्धिले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र पर्फर्मेन्सप्रति अटल प्रतिबद्धता प्रदर्शन गरेको छ । बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन् ।

‘लिमिटलेस एक्सपिरियन्स’ एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले उन्नत विद्युतीय सवारी साधनहरू मात्र नभई निर्बाध र ग्राहक–केन्द्रित स्वामित्व अनुभव प्रदान गर्ने सेरेसको समर्पणमा प्रकाश पार्छ । नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरिरहेका छन् ।

यो कार्यक्रमले सम्भावित ग्राहकका लागि सेरेस ब्रान्डलाई परिभाषित गर्ने यसका उन्नत सुविधा र अनुपम लक्जरी अन्वेषण गर्न एक उत्तम प्लेटफर्म प्रदान गर्दछ । सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले ग्राहकलाई राम्रो अवसर दिने एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिका बिजनेस हेड प्रशन्न पन्तले बताए ।

 

You might also like

Comments are closed.