काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक एससिटी युनियन पे कार्डमा आबद्ध भएको छ । यससँगै साङ्ग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले बैंकमा गएर एससिटी युनियन पे कार्ड प्राप्त गर्न सक्नेछन् ।
साथै यस आबद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ । दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससिटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।
नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने बैंकले प्रतिबद्धता जनाएको छ ।
Comments are closed.