काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
किड्स क्लिनिकका विशेषज्ञ डाक्टरको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा साङ्ग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका)ले १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखा प्रबन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका छन् ।
आमनागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । यस्तै किड्स क्लिनिक बाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरले सञ्चालन गरेको क्लिनिक हो ।
Comments are closed.