सांग्रिला बैंकले ल्यायो ‘सांग्रिला मुद्दती धमाका योजना’

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात दश हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दती योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यस योजनाअन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन भने सोहीअनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्नेसमेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो वचत रकममा कर्जा लिने÷दिने दिनसम्म पुँजीकरण गरिएको व्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरुमार्फत सुलभ तरिकाले खाता खोली रकम वचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले जनाकारी दिए । यो योजना अन्र्तगत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वासले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

You might also like

Comments are closed.