काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यु बीच सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्बन्धमा सम्झौता गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यु मा बैंकको डेविड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइनेछ । यस सम्बन्धि सम्झौतापत्रमा बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र स्टे होटल भ्याली भ्यु का म्यानेजिङ डाइरेक्टर तर्कबहादुर शाहीले हस्ताक्षर गरेका छन् । यो सम्झौता २ बर्षका लागि लागू हुनेछ ।
यस सम्झौताबाट बैकका ग्राहकलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ । नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.