काठमाडौं । सांग्रिला मोटर्स प्रालिले आजदेखि ‘ह्वील्स अफ सेलिब्रेसन्स’ कार्यक्रम सुरू गरेको छ । कम्पनीले काठमाडौंको उत्तरढोका रहेको शोरुममा सो कार्यक्रम आयोजना गरेको हो ।
आउँदो भदौ २२ गतेसम्म सञ्चालन हुने सो कार्यक्रममा कम्पनीले गाडीप्रेमीका लागि अन्तर्क्रियात्मक गतिविधि र विशेष अफरहरू ल्याएको छ । कार्यक्रममा सहभागी हुनेले लिपमोटर, सिट्रोन र पूजोका नयाँ मोडलका गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन् ।
प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, सहभागीले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् ।
कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ । जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ । कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइने कम्पनीले जनाएको छ ।
सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुने बताए ।
Comments are closed.