प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका केसी

पोखरा । डेभलपमेण्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमवार बसेको भेलाले मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर के.सी.लाई संयोजकमा चयन गरेको छ ।

यस अगाडिका संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लस्टर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकाले रिक्त रहेको उक्त पदमा केसीलाई चयन गरेको हो । कार्यक्रममा गरिमा विकास बैंकका नयाँ क्लस्टर प्रमुख भक्त वहादुर केसीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने समेत निर्णय गरेको छ ।

संयोजक चयन भएपश्चात कार्यक्रममा बोल्दै केसीले सामुहिक रुपमा विकास बैंकका समस्या, अवसर र चुनौती तथा अन्य कार्यहरुमा डेभलपमेण्ट बैंकर्स एसोसियसनलाई सुझाव प्रदान गर्ने र गण्डकी प्रदेशमा उल्लेख्य रुपमा समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।

jutta mela

भेलाले निवर्तमान संयोजक भोला तिवारीले आफ्नो नेतृत्वमा फोरमलाई स्थापित गराउन पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन समेत गरेको छ ।

भेला विकास बैंक फोरमका कार्यवहाक संयोजक सुशील पौडेलको संयोजकत्वमा सम्पन्न भएको हो ।

You might also like

Comments are closed.