नेप्सेमा सुधार, एक अर्ब ३२ करोडको कारोबार

 

काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबार दिन हिजो ओरालो लागेको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । हिजो करिब ८५ अंकले घटेको सेयर बजार आज भने ८ दशमलव ९ अंकले बढेर २ हजार २७४ दशमलव ४२ विन्दुमा पुगेको छ।

आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको सेयर बढेको छ । दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

jutta mela

आज बैंक, विकास बैंक, होटल, जलविद्युत्, फाइनान्स, अन्य, माइक्रोफाइनान्स र लगानी समूहको सेयर बढेको छ । दुई सय २७ वटा कम्पनीका ३१ लाख ५६ हजार कित्ता सेयर एक अर्ब ३२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको पाँच करोड ३८ लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

आज दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबार भएकामा १२७ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य भने घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको सेयर ६ प्रतिशतले बढेको छ भने, सूर्योदय ओमी लघुवित्त कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.