सेयर बजारमा सामान्य सुधार, १६ अंकले बढ्दा एक अर्ब आठ करोडको कारोबार

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अंकले बढेर दुई हजार दुई सय १७ दशमलव १९ विन्दुमा पुगेको छ ।

आज बजारमा एक अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार हुँदा एनआईसी एसिया लघुवित्तको संस्थापक सेयर सर्वाधिक चार करोड ८४ लाख ८० हजारको कारोबार भएको छ । यस्तै, अपर तामाकोसीको चार करोड ६३ लाखको कारोबार हुँदा अरुण काबेली पावरको चार करोड ४९ लाखको कारोबार भएको छ ।

MANASLU

नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा व्यापार र म्युचुअल फन्डबाहेक सबै उपसूचक बढेको छ । यसदिन दिनभर बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकामा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यसदिन कारोबार भएका मध्ये लक्ष्मी लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले बढेको छ भने अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्य ५.५८ प्रतिशतले र विजय लघुवित्तको सेयर मूल्य ४.३८ प्रतिशतले बढेको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...