राधी विद्युतले बुधवारदेखि हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । राधी विद्युत कम्पनीले बुधवारदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ः१ दशमलव ४७५२ अनुपातमा १ सय अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

भदौ १० गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद सेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.