काठमाडौं । सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढोत्तरी भएको हो । त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि सर्किट लेभल अर्थात् १० प्रतिशत हाराहारी बढ्यो ।
त्यसैगरी, गुँरास लघुवित्त, सुपर मादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट, सामुदायिक लघुवित्त लगायत २१२ कम्पनीको सेयर मूल्य बढ्यो ।
यता, बलेफी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६९ प्रतिशतले घट्यो । त्यस्तै, विन नेपाल लघुवित्त, एनआईबिएल स्टेबल फण्ड, आत्मनिर्भर लघुवित्त, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, सनराइज फर्स्ट म्युचुअल फण्ड, राधी विद्युत लगायत कम्पनीको मूल्य घट्यो ।
Comments are closed.