काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अटोमोबाइल्स क्षेत्रले देशको समग्र अर्थतन्त्र चलायमान बनाइ रहेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गोल्छाले अटोमोबाइल्स क्षेत्रले देशमा सबैभन्दा धेरै रोजगारी सृजना गरेको पनि बताएका छन् ।
देशमा उठ्ने कुल राजश्वमा अटोमोबाइल्स क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको बताउँदै अध्यक्ष गोल्छाले अटोमोबाइल्स क्षेत्र देशको अर्थतन्त्रको खम्बा भएको बताए ।
गोल्छाले भने, ‘अटोमोबाइल्स क्षेत्रलाई धेरैले प्रदुषण गराउने, विदेशी मुद्राको सञ्चिती रित्याउने, सडक जाम गराउने लगायतका आरोप लगाउँछन् । यीमध्ये केही सत्यता भए पनि अटोमोबाइल्स क्षेत्रबिना देशको अर्थतन्त्र चल्न सक्दैन।’
Comments are closed.