काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ८ प्रतिशत ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ । बैंकले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रहरु बाँडफाँट सफलतापूर्वक सकिएको हो ।
निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सो कार्यक्रम भएको हो । सो ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली बजारको वित्तीय दृष्टिकोण प्रति उच्च विश्वास प्रतिविम्वित गर्दछ ।
कुल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्टयाई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रही २०८२ असार ३२ देखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो । निष्काशनमा विभिन्न संघसंस्था तथा सर्वसाधारण उत्साहजनक सहभागी थिए ।
हालका दिनमा सर्वसाधारण लगानीकर्ताद्वारा ऋणपत्रमा उत्साहजनक सहभागिता जनाइरहेको छ । यसले नेपालको पुँजी बजारप्रतिको सर्वसाधारणको बढ्दो जागरुकता र विश्वासलाई स्पष्ट रुपमा उजागर गरेको छ । यस ऋणपत्र निष्काशनको सफलतासँगै बैंकले आफ्नो पुँजी संरचना थप सुदृढ गर्दै देशभरिका ग्राहकलाई अझ प्रभावकारी, भरपर्दाे र नविन वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ ।
सो ऋणपत्रको निष्काशन कार्य सम्पन्न भइसकेको सन्दर्भमा यस प्रक्रियामा सहयोग पु¥याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो ।
Comments are closed.