शिवम् सिमेन्ट्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारण सभा शुक्रवार हेटौंडास्थित होटल सामनामा सम्पन्न भएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसहितका प्रस्तावहरु पारित गरेको छ।

उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरु निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालकहरुको बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ।

सभाले आ.व. २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९।०८० को आयव्ययको लेखापरीक्षण कार्य गर्न सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट काठमाडौंलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ ।

सभाले कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो ।

You might also like

Comments are closed.