शिवम् शिमेन्टले सुरु गर्यो सरसफाई कार्यक्रम

काठमाडौं । जेनजी आम्दोलन पश्चात् काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ ।

शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

You might also like

Comments are closed.