काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सकिएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा साधारण सभा भएको हो ।
सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीलाई रु. ११ करोड ६० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आ.व.०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्राण्डको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्सको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो । बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।
यस कम्पनीले आ.व.०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) शेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । कम्पनीको हालको चुक्ता पूँजी रु. ४ अर्ब ६४ करोड रहेको छ । साथै कम्पनीले २० प्रतिशत बराबरको रु. १ अर्ब १६ करोड मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतिक्षामा रहेको जनाइएको छ ।
शिवम् होल्डिङ्सले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको हो । शिवम् सिमेन्ट प्रालिमा आफ्नो महत्वपूर्ण शेयर लगानी गरेको छ । कम्पनीमा ३० प्रतिशत नेपाली (शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ । उद्योग पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा अवस्थित छ ।
अत्याधुनिक प्रविधियुक्त उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता छ । उद्योगमा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट विद्युत् शक्ति उत्पादन गरी आफै प्रयोग गरिने व्यवस्था रहेको छ ।
उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला ५ वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । कम्पनीले आफ्ना शेयरधनी, साझेदार र सरोकारवालालाई निरन्तर विश्वास, समर्थन र सहयोगका लागि धन्यवाद दिएको छ ।
Comments are closed.