पद्मोदय मोडमा जुत्ता चप्पल एक्स्चेन्ज मेला जारी

काठमाडौं । जाडो मौसमलाई मध्य गर्दै सुरु गरिएको जुत्ता चप्पल एक्स्चेन्ज मेला यतिबेला काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा जारी छ । पद्मोदय मोडमा रहेका जुत्ता शोरुमहरुले विशेषगरी माघ महिनामा हुने विवाह तथा अन्य पार्टीहरुलाई मध्यनजर गरी मेलाको सुरुवात गरेका हुन् ।

मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु उपलब्ध छन् । एकै छानामुनी सबै विभिन्न प्रकारका जुत्ता चप्पल पाउने भएपछि मेलाप्रति ग्राहकहरुको आकर्षकण बढेको सञ्चालक प्रमोद महतोले बताए ।

मेलामा जाडोलाई मध्यनजर गर्दै नयाँ नयाँ स्पोर्टस् डिजाइनका जुत्ताहरु, नयाँ नयाँ बुटहरु पनि लन्च गरिएको सञ्चालक महतोले जानकारी दिए । शोरुमहरुले विशेषगरी विवाह तथा शुभमुर्हतलाई मध्यनजर गरी लन्च गरीएका ७ सय डिजाइन र थप ४ सय गरी कुल ११ सय डिजाइनका जुत्ता चप्पलका साथ यो मेलाको आयोजना गरेको सञ्चालक महतोले बताए ।

मेला यो महिनाभरी संचालन हुनेछ । मेलामा पुरानो जस्तोसुकै जुत्तालाई ५ सय रुपैयाँ मूल्यांकन गरि एक्स्चेन्ज गर्न सकिन्छ भने, नयाँ जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अर्का संचालक जीवन श्रेष्ठले बताए ।

सिंह दरबारदेखि पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले मेला आयोजना गरेका हुन् ।

You might also like

Comments are closed.