पद्मोदय मोडमा जुत्ता एक्स्चेन्ज मेला जारी, ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुमहरुमा यतिबेला जुत्ता एक्स्चेन्ज मेला जारी छ । शोरुमहरुले जाडो मौसमलाई मध्य गरी पुनः जुत्ता चप्पल एक्स्चेन्ज मेला सुरु गरेको हुन्।

विशेषगरी माघ महिनामा हुने विवाह तथा अन्य पार्टीहरुलाई मध्यनजर गरी मेलाको सुरुवात गरिएको हो। मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु उपलब्ध छन्। यसका साथै विशेषगरी जाडोलाई मध्यनजर गर्दै नयाँ नयाँ स्पोर्टस् डिजाइनका जुत्ताहरु, नयाँ नयाँ बुटहरु लन्च गरिएको सञ्चालक प्रमोद महतोले जानकारी दिएका छन् ।

शोरुमहरुले विशेषगरी मंसिर महिनामा हुने विवाह तथा शुभमुर्हतलाई मध्यनजर गरी लन्च गरेका ७ सय डिजाइन र थप ४ सय गरी कुल ११ सय डिजाइनका जुत्ता चप्पलका साथ यो मेलाको आयोजना गरेको सञ्चालक महतोले जानकारी दिए । जुत्ता चप्पल एक्सचेन्ज मेला माघ महिनाभरी संचालन हुने अर्का संचालक जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

जाडो बढ्दै गएको र विवाहको लगन सुरु हुन थालेसँगै मेलाप्रतिको ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गरी एक्स्चेन्ज मेला पुनः सुरु गरिएको हो । मेलामा नयाँ जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुट कम्पनीले दिने र एक जोडी पुरानो जुत्ताको पाँच सय मुल्यांकन बराबरको छुट प्राप्त गर्ने संचालक श्रेष्ठले जानकारी दिए ।

साथै मेलामा नयाँ डिजाइनका जुत्तामा वारेन्टीको पनि व्यवस्था गरिएको छ । सिंह दरबारदेखि पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले मेला आयोजना गरेका हुन्।

You might also like

Comments are closed.