‘सुज प्यालेस’ चाबहिलले ल्यायो ‘लगन अफर’, एक जोडी जुत्तामा ५ सय छुट

काठमाडौं । चाबहिलमा रहेको जुत्ता चप्पलहरुको शोरुम ‘सुज प्यालेस’ले विवाहको सिजनलाई लक्षित गरी ‘लगन अफर’ ल्याएको छ । उक्त अफर अन्तर्गत एक जोडी जुत्तामा ५ सय रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

शोरुमले २ हजार रुपैयाँ भन्दा माथिका जुत्ता खरिदमा ५ सय रुपैयाँ छुटको व्यवस्था गरेको सञ्चालक लक्ष्मी अधिकारीले जानकारी दिइन् । यो अफर माघ महिनाभर लागु हुने जनाइएको छ । साथै शोरुमले नेपाली लोकप्रिय ब्राण्ड रन सुजका नयाँ–नयाँ जुत्ता चप्पलमा विशेष छुटको व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै विशेष छुट उपलब्ध रहेको सञ्चालक अधिकारीले जानकारी दिइन् । शोरुममा लेडिज, जेन्स सुज, बेबी सुज, स्कुल, कलेज तथा स्पोर्टस सुजलगायत सबै उमेरका लागि मिल्ने जुत्ता चप्पल उपलब्ध छ ।

गुणस्तरीय कच्चा पदार्थको प्रयोग र फेसन अनुसारको उत्पादनले देशभरको बजारमा रन सुज लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । सुज प्यालेस चाबहिल चोकबाट सय मिटर चुच्चेपाटीतर्फ टिफिन होमको अगाडि (शान्ति गोरेटोचोक) मा रहेको छ ।

गुणस्तरीय र धेरै भेराइटीका जुत्ता चप्पलका लागि सुज प्यालेस उक्त क्षेत्रमा लोकप्रिय रहेको सञ्चालक अधिकारीले बताइन् । छुट सुविधाबारे जानकारी लिन मोबाइल नम्बर ९८०१३२०१७१ मा सम्पर्क गर्न सकिनेछ ।

You might also like

Comments are closed.