जि.सी.को घोषणा पत्र सार्वजनिक, भन्छिन्-नागरिकमाझ गरेको संकल्प पूरा गर्छु

पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । कास्की क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि ‘लालटीन’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएकी जि.सी.ले शुक्रबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

घरेलु हिंसा तथा बाल दुराचार मुक्त, भ्रष्टचार रहित आधुनिक साँस्कृतिक नेपाल (Mordern Cultural Nepal) निर्माण गर्ने मूख्य उद्देश्य लिएर चुनावमा होमिएकी जि.सी.ले आफू विजयी भए नीति निर्माको तह र विकास कार्यमा आफ्नो योगदान रहने प्रतिबद्धता जनाएकी छन् ।

उनले आफ्नो घोषणा पत्रमार्फत् सामाजिक सांस्कृतिक तथा शिक्षा क्षेत्रमा, स्वास्थ्य, सुरक्षा र रोजगारीका क्षेत्रमा, आर्थिक क्षेत्र, राजनीतिक क्षेत्र, पर्यावरण, आध्यात्मिक क्षेत्र र भौतिक तथा संचारको क्षेत्रमा आफ्नो भूमिका रहने प्रतिबद्धता जनाएकी छन् ।

jutta mela

उनले आफू विजयी भए जेष्ठ नागरिकलाई योग, ध्यानसहितको मनोरञ्जन पार्क वडा–वडामा बनाइने, वर्गीय आधारमा गरिबीको रेखामुनि रहेका सबै जात, धर्म, लिङ्गका नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारलगायत सम्पूर्ण मौलिक अधिकारहरुको व्यवहारिकरुपमा सुनिश्चितता गराइने प्रतिबद्धता जनाएकी छन् ।

त्यस्तै, बाझो जमिनलाई प्रैयोग गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति बनाउने, गरिबी निवारणका लागि पर्यटन, कृषि र सञ्चार क्षेत्रको समुचित परिचालन गर्ने नीति बनाइने, जडिबुटी प्रशोधन गर्ने उद्योगहरुको स्थापना गरिने, घरेलु उद्योगहरुको विकास गर्ने नीति बनाइने बताएकी छन् ।

पोखरेली जनतामाझ महत्वपूर्ण प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको भन्दै जि.सी.ले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाइन् । साथै उनले आफूले जनतामाझ गरेको संकल्प पूरा गरि छाड्ने प्रतिबद्धता जनाउदै एकपटक विश्वास गरि भोट गर्न आग्रह गरेकी छन् ।

चुनाव जितेसकेपछि नागरिकको गुनासो तथा समास्याबारे वास्ता नगर्ने पार्टीका पुराना नेताबाट देश पटक–पटक ठगिएको भन्दै अब नागरिकहरु एकजुट भई स्वतन्त्र उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य रहेको बताएकी छन् ।

You might also like

Comments are closed.