भोट माग्न व्यस्त श्रमिक जि.सी., नागरिक भन्छन्- अब स्वतन्त्रकै भर !

पोखरा । यतिबेला शहर बजारका गल्ली–गल्लीदेखि गाउँघरका चोक–चोकसम्मको माहोल चुनावमय बनेको छ । हरेक क्षेत्रमा चुनावको विषयलाई लिएर छलफल तथा बहस भइरहेका छन् ।

दल तथा स्वतन्त्र उम्मेदवारहरु पनि जनताका घरदैलोसम्म आ–आफ्ना प्रतिबद्धतासहित मत माग्न पुगिसकेका छन् । चुनावकै सन्दर्भमा स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.पनि आफ्ना मतदाता माझ भोट माग्न व्यस्त छिन् ।

‘अन्धकारबाट उज्यालोको यात्रा, जल, जमिन, जंगल र जननीको संरक्षणको लागि जनशक्ति, राष्ट्रको समृद्धिको लागि स्वतन्त्र महिला शक्ति’ भन्ने नारालाई आत्मसाथ गर्दै जि.सी.जनताका घरदैलोसम्म पुगेकी छन् ।

कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी छन् ।

jutta mela

उनले आफ्नो घरदैलो कार्यक्रमअन्तर्गत शनिबार पोखरा वडा नं. २० भलाम, आटीघर, मौजालगायतका क्षेत्रका जनताहरुसंग भेटघाट गरेकी छन् । त्यहाँका जनताबाट आफूले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको जि.सी.ले बताइन् ।

बारम्बार पुराना पार्टी तथा नेताहरुलाई भोट दिएर जिताएका जनताले उनिहरुबाट सोचेजस्तो परिणाम पाउन नसकेपछि अब भने देशको मुहार फेर्ने आश युवा तथा स्वतन्त्र उम्मेदवारबाट गर्न थालेका छन् । आफू जनतामाझ पुग्दा उनिहरुले अबको आश भरोसा युवा तथा स्वतन्त्र उम्मेदवारबाट गरेको प्रतिक्रिया पाएको जि.सी.ले सुनाइन् ।

उनले आफूले प्रतिबद्धता पत्रमा भनेका कुरा केवल जनताको आश्वासनका लागि मात्रै नभइ आफूले गरेका प्रतिबद्धता पूरा गरि देखाउने संकल्प गरेकी छन् । त्यसका लागि एकपटक आफूलाई विश्वास गरि भोट गर्न उनले सम्पूर्ण मतदाताहरुमा अनुरोध गरेकी छन् ।

You might also like

Comments are closed.