देश परिवर्तन गर्ने जिम्मा स्वतन्त्रको काँधमा छ : श्रमिक जि.सी.

पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले देश परिवर्तनको जिम्मा अब युवा स्वतन्त्र उम्मेदवारको काँधमा आएको बताएकी छन् । देश परिवर्तनको प्रतिक्षामा वर्षौसम्म जिताएका पार्टीका नेताहरुबाट जनताले आश्वासन बाहेक केही पाउन नसकेको बताउँदै जि.सी.ले अब देश बनाउनकै लागि भएपनि स्वतन्त्र उम्मेदवारलाई जनताले विजयी गराइ नेतृत्वसम्म पुर्‍याउनुपर्ने बताइन् ।

हरेक निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरुले जनतामा ठूलो-ठूलो आश्वासन बाँड्ने गरेका छन् तर चुनाव जितेर गइसकेपछि कतिपय नेता फर्केर गाउँसम्म नआएको गुनासो जनताले गरेका छन् । अधिकांश नेताहरुले चुनावमा जनाएका प्रतिबद्धताहरु आश्वासनमै सिमित हुने गरेको उनिहरुको भनाई छ । तर, कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी युवा स्वतन्त्र उम्मेदवार जि.सी.ले आफूले जनाएका प्रतिबद्धता बोलीमा सिमित हुन नदिने दाबी गरेकी छन् ।

‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी जि.सी.ले आफूले चुनाव जिते महिला हिंसालाई शून्य बनाउने, महिला र युवाहरुलाई उद्यममा प्रोत्साहन गर्ने, पर्यटनको विकास गर्ने, लैंगिक समानता कायम गर्ने, पीछडिएका वर्गको उत्थान गर्ने प्रतिबद्धता जनाएकी छन् ।

साथै उनले सामाजिक सांस्कृतिक तथा शिक्षा क्षेत्रमा, स्वास्थ्य, सुरक्षा र रोजगारीका क्षेत्रमा, आर्थिक, राजनीतिक, पर्यावरण, आध्यात्मिक र भौतिक तथा संचारको क्षेत्रमा समेत आफ्नो भूमिका रहने प्रतिबद्धता जनाएकी छन् ।

jutta mela

त्यस्तै, आफू विजयी भए ज्येष्ठ नागरिकलाई योग, ध्यानसहितको मनोरञ्जन पार्क वडा–वडामा बनाइने, वर्गीय आधारमा गरीबीको रेखामुनि रहेका सबै जात, धर्म, लिंङ्गका नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारलगायत सम्पूर्ण मौलिक अधिकारहरुको व्यवहारिकरुपमा सुनिश्चितता गराइने प्रतिबद्धता जनाएकी छन् ।

पोखरेली जनतामाझ महत्वपूर्ण प्रतिबद्धताका साथ चुनावी मैदानमा होमिएको भन्दै जि.सी.ले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाइन् । साथै उनले आफूले जनतामाझ गरेको संकल्प पूरा गरी छाड्ने प्रतिबद्धता जनाउदै एकपटक विश्वास गरि भोट गर्न आग्रह गरेकी छन् ।

चुनाव जितेसकेपछि नागरिकको गुनासो तथा समास्याबारे वास्ता नगर्ने पार्टीका पुराना नेताबाट देश पटक-पटक ठगिएको भन्दै उनले नागरिकहरु एकजुट भई स्वतन्त्र उम्मेदवारलाई जिताउनु सबैको कर्तव्य रहेको जि.सी.ले बताइन् ।

You might also like

Comments are closed.