ज्येष्ठ नागरिकलाई योग, ध्यानसहितको मनोरञ्जन पार्क वडा वडामा आवश्यक छः जि.सी.

पोखरा । मंसिर ४ गते हुने आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नं. २ ‘ख’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले वडा वडामा योग, ध्यानसहितको मनोरञ्जन पार्क स्थापना गर्न आवश्यक रहेको बताएकी छन् ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका प्रत्येक वडामा योग केन्द्र स्थापना गर्न पहल गर्ने उनले प्रबिद्धता व्यक्त गरेकी हुन् । निःशुल्क योग केन्द्र तथा पार्क ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत बन्नसक्ने उनको भनाइ छ । ‘ज्येष्ठ नागरिकलाई आपसमा भेटेर सुखदुख बाँड्ने थलो बनाउन जरुरी छ,’ उनले भनिन् ।

jutta mela

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै जि.सी.ले ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप योग केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् । बृद्धबृद्धालाई प्राथमिकतामा राखेर योग केन्द्र खोलिएपनि सबै नागरिकले निःशुल्क योग सेवा लिन पाउने उनको भनाइ छ ।

कास्की क्षेत्र नं. २ ‘ख’ अन्तर्गत पोखरा महानगरपालिकाका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । सबै वडामा योग केन्द्र स्थापनाले स्वास्थ्यप्रति सचेतनासमेत बृद्धि हुने जि.सी.को विश्वास छ । योग केन्द्रसँगै बन्ने मनोरञ्जन पार्क ज्येष्ठ नागरिकलाई आराम गर्ने स्थल बन्ने जि.सी.ले बताइन् । ‘ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने दायित्व राज्यको हो,’ जि.सी.ले भनिन्, ‘मेरो पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिकको सेवालाई राख्नेछु ।’

You might also like

Comments are closed.