राजनीति र युवा परिचालन !

श्रमिक जि.सी., पोखरा । राजनीतिको मुलभूत उद्देश्य शासन सत्ता प्राप्त गरी देशको सर्वाङ्गीण विकासको लागि जल, जमिन, जङ्गल र जनशक्तिको उचित परिचालन गरी युग सुहाउँदो विकासको गतिमा लम्कन हो ।

विगत ३०/३१ वर्षको ईतिहासमा के राजनीति यो दिशामा अगाडि लम्कियो ? के देशको सर्वाङ्गीण विकासमा युवा परिचालन उचित रुपमा गरियो ? यो अहम् महत्वको सवाल हो । अहिले मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव जित्नका लागि युवाहरुलाई गलत रुपमा प्रयोग गर्ने र चुनाव पछि विदेशमा लखेटेर देशलाई रुवाउने नीति लिएका वर्तमान सत्तामा रहेका पार्टीहरु र प्रतिपक्षमा रहेका पार्टीहरुलाई युवाहरुले चिन्ने र उचित तरिकाले मूल्यांकन गर्ने सही बेला आएको छ ।

शासनको मूख्य उद्देश्य असल व्यवस्थापन र कुशल प्रशासनसंग जोडिएको हुन्छ । नेपालका विगतका शासकहरुले के त्यस्तो असल व्यवस्थापन गरे त ? जस्ले गर्दा फेरि उनैलाई दोहोर्‍याएर भोट दिनु पर्‍यो ? पानी र वनस्पति हराएको अरुका मुलुकमा गएर हराभरा बनाउने ती नेपाली युवाहरुले स्वदेशमा रोजगारी किन पाएनन् ? कुन शक्तिले हाम्रो उद्योग कलकारखानाहरु बन्द गराए ? देशको रोजगारीको अवस्था किन बिग्रियो ? यसलाई बदल्न अब पनि युवाले सोच्न ढिलाइ गर्नु हुँदैन । पुराना नेताहरुको विकल्प खोज्न सुरु गर्नुपर्छ ।

jutta mela

हामी स्वतन्त्रहरु देशको व्यवस्था निर्माण गर्नका लागि विकल्प भएर उदाएका छौं । हामी देशलाई थप विकास गरेको हेर्न चाहन्छौं । हामी युवाशक्तिलाई राष्ट्र निर्माण प्रक्रियामा लगाउन चाहन्छौं । युवालाई सहिरुपमा परिचालन गरेर नै चीन, अमेरिका, जापान, स्विजरल्याण्डले समृद्धिको त्यो उचाई प्राप्त गर्न सकेका हुन् ।

समृद्धि भाषणले होइन आउने, रेल कपटयुक्त भाषणले आउँदैन । इमान्दार भएर काम गरे सबैथोक प्राप्त हुन्छ । राजनीतिमा इमान्दार, नैतीकता हुन्छ । दिनप्रतिदिन जसो युवाहरु विदेश जाँदा आकाशमा र आउँदा बाकसमा आउनु परेको छ । प्रतिदिन करिब १० जनाको दरले लासहरु विदेशबाट आइरहेका छन् ।

यस हिसाबले हेर्दा महिनामा ३ सय र वर्षमा ३ हजार ६ सय लासहरु भित्रिएका छन् । यसरी युवालाई लासमा परिणत गराएर कस्तो खालको समृद्धि ल्याउन खोजिएको हो ? हामी स्वतन्त्र उम्मेदवारले यहाँनिर गम्भीर भएर सोचेका छौं ।

तसर्थ, युवाशक्तिलाई उचित परिचालन गर्न स्वरोजगार गराई देशको माटोमा भविष्य निर्माण गर्न सही विचार भएको व्यक्ति सांसद् हुनुपर्छ । यही पवित्र भावनाले मैले कास्की क्षेत्र नं. २ ‘ख’को प्रदेश सभाको सभासदको लागि ‘लालटीन’ चिह्न लिएर उम्मेदवार बनेको छु । सबै युवाको सहयोग भएमा जित्नेछु र युवाको लागि केही नयाँ काम गरेर देशको शिर उचो राख्नेछु ।

You might also like

Comments are closed.