काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको २०७८/७९ को नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद (कर प्रयोजन समेत) गरी कुल ७.६० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले उक्त लाभांश दिन लागेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी २८औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।








Comments are closed.